एमालेले देशैभरी आन्दोलन गर्ने

फाइल फोटो

नेकपा एमाले स्थायी समितिको बैठकले संविधान संशोधन विधेयकबिरुद्धको आन्दोलनलाई देशब्यापी बनाउने निर्णय गरेको छ । एमाले सचिव योगेश भट्टराईका अनुसार, संसदभित्रको विरोधलाई पनि थप प्रभावकारी बनाउने समितिको निर्णय छ ।

yogesh

आज दिउँसो पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको बैठकको यो निर्णयले अहिले पाँच नम्बर प्रदेशमा मात्र भएको आन्दोलन बिस्तारित हुने देखाउँछ । अहिलेसम्म एमालेले पार्टीको तर्फबाट पाँच नम्बर प्रदेशमा मात्र विरोध कार्यक्रम गरेको छ । राजधानीलगायतका ठाउँमा युवा संघ र अनेरास्ववियूलगायत जनवर्गीय संगठनहरुलाई मात्र विरोधमा उतारेको थियो ।

संशोधन विधेयकबिरुद्ध संसद अवरुद्ध गर्दै आएको एमालेले संसदभित्रको विरोधलाई अरु प्रभावकारी बनाउने निर्णय गर्नुले संसद अझै अवरुद्ध हुने देखाउँछ ।

तपाईंको प्रतिक्रिया