भारतको कानपुरमा रेल दुर्घटना, ६३ जनाको मृत्यु

भारतको कानपुरमा रेल दुर्घटना हुँदा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आज  बिहान पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर दुर्घटना हुदा एक सय ५० भन्दा धेरै यात्रु घाइते भएका छन् ।
इन्दौरबाट पटनाका लागि छुटेको रेल दुर्घटनामा परेको हो । कानपुर नजिकैको पुखरायां स्टेशनमा विहान ३ बजे दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेको संख्या बढ्न सक्ने कानपुर प्रहरीको अनुमान छ ।
रेलका प्रवक्ता अनुसार कानपुर देहात नजिक पुखराया स्टेशनमा इन्दोर पटना एक्सप्रेस १९३२१को १४ डब्बा पट्रीबाट छुट्टिएका थिए ।
कानपुका डीएम कुमार रविकांत सिंहले घटनामा ६३ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले डिब्बामा फसेकाहरुको उद्धार प्रयास भइरहेको बताए ।
घाइतेहरुलाई नजिकैका अस्पताल लगिएको छ । अहिले उद्धारको काम भइरहेको छ । दुर्घटनाका कारण त्यस क्षेत्रको रेलवे सेवा पनि प्रभावित भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया