प्रधानमन्त्रीको आज तेस्रो पटक संसदमा सम्बोधन

संसदको रोष्टममा बोल्न जाँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज व्यवस्थापिका संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेको झण्डै साढे दुई महिनाको अवधिमा आज तेस्रो पटक संसदलाई सम्बोधन गर्न लागेका हुन् ।
आज दिउँसो तीनबजे बस्ने संसदको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने  कार्यसुची रहेको छ ।
भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भएको भेटवार्ता, संविधान कार्यान्वयन, संविधान संशोधन, स्थानीय निकाय पुर्नसंरचना लगायतको विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संविधान संशोधन गर्नको लागि सत्तारुढ दल कांग्रेस र माओवादीबीच नै साझा धारणा बन्न सकिरहेको छैन् । प्रचण्डले साझा धारणा बनाउनको लागि कांग्रेस सभपति देउवासँग मंगलवार साझ छलफल गरेका छन् ।
सरकारको नेतृत्व गरेको झण्डै साढे दुई महिना वितिसक्दा समेत प्रचण्डले संविधान कार्यान्वयन, संविधान संशोधन लगायतको कामलाई तिब्रता समेत दिन सकेका छैनन् ।

तपाईंको प्रतिक्रिया