काश्मिरका प्रदर्शनकारीसँग चिनियाँ झण्डा भएको दावी

तस्विर एनडिटिभि

भारतको काश्मिरमा सुरक्षाबलले सम्भावित उग्रवादीको खोजीमा खानतलाशी गर्दा पेट्रोल बम, भारतविरोधी सामाग्रीसँगै चीनको झण्डा समेत फेला पारेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतीय टेलिभिजन एनडिटिभिको समाचार अनुसार, काश्मिरको राजधानी श्रीनगरबाट ५५ किलोमिटर टाढा बारामूलामा खानतलाशी गर्दा लश्कर ए तैयबा र जैश ए मोहमद जस्ता उग्रवादी संगठनका दस्तावेजसँगै चिनियाँ झण्डा पनि फेला परेको हो । हिज्ब उल मुजाहिदीनका २२ बर्षीय कार्यकर्ता बुरहान बानी सुरक्षाकर्मीको कारवाहीमा मारिएपछि बारामूला तीन महिनादेखि अशान्त छ ।

हिंशा केही कम भएपछि अक्टुबर १७ मा १२ घण्टाभित्र सुरक्षाकर्मीले त्यहाँका ७०० भन्दा बढि घरमा गरेको खानतलाशीमा ती सामाग्री भेटिएको एनटिभीले सुरक्षाकर्मीका प्रवक्तालाई उदृत गर्दै समाचार दिएको छ ।

बुरहान वानी मारिएपछि काश्मिरमा भएको हिंशात्मक प्रदर्शनमा ९० जना मारिएको तथा १० हजारभन्दा बढि घाइते भएको समाचारमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया