ओली भन्छन्—औचित्य र आवश्यक्ता पुष्टि भए मात्र संविधान संशोधन

तस्विर मिना श्रेष्ठको फेशबुक वालबाट

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले औचित्य र आवश्यक्ताका आधारमा मात्र संविधान संशोधन हुने बताएका छन् । आज आफ्नो पार्टीले काठमाडौं शंखपार्कमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीहरुसँग कुरा गर्दै ओलीले औचित्य र आवश्यक्ता सावित नभई संविधान संशोधन नहुने स्पष्ट पारे ।

संविधान संशोधन हुनुअघि सबै पार्टीहरुबीच ब्यापक छलफल हुने र त्यसपछि मात्र संशोधन हुने या नहुने टुङ्गो लाग्ने बताए । ओलीले तीन वटै तहका निर्वाचन समयमै हुनुपर्ने पनि बताए ।

मधेशी मोर्चाको माग अनुसार, वर्तमान सरकारले संविधान संशोधनको तयारी गरिरहेको बेला ओलीको यस्तो भनाई आएको हो ।

ओली सँगै रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि समयमै निर्वाचनमा हुनुपर्नेमा सहमति जनाए । संविधान संशोधन प्रस्ताव आउनुअघि सबै दलसँग छलफल गरिने तथा ओलीको पनि सहमति लिइने देउवाको भनाई थियो ।

एमालेले दशैं, तिहार, छठ, इदको अवशरमा आज आयोजना गरेको चियापानमा बिभिन्न क्षेत्रका प्रवृद्धहरुको राम्रो उपस्थिति देखिन्छ । एमालेले २०४९ सालदेखि चियापान आयोजना गर्न सुरु गरेको हो ।

नेपाली कांग्रेसले भने आफ्ना सभापति सुशिल कोइरालाको यही बर्ष निधन भएकाले यस पटक चियापान कार्यक्रम नगर्ने भएको छ ।

तपाईंको प्रतिक्रिया