माधव घिमिरे र मनुजबाबुलाई भेट्दै ओली

तस्विर, नवराज श्रेष्ठ

नेकपा एमालेका अध्यक्ष केपी ओली आज दिउँसो राष्ट्रकवि माधव घिमिरेलाई भेटन उनको निवास जाँदैछन् । ओली प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहाकार प्रमोद दाहालका अनुसार, आज १.३० बजे ओली घिमिरेलाई भेटन जान लागेका हुन् । केही दिन अघि राष्ट्रकविको जन्मोत्सव भएकोमा भेटेर शुभकामना दिन ओली जान लागेको दाहालले बताए ।

आजै ओलीको प्रख्यात चित्रकार मनुजबाबु मिश्रलाई भेट्ने कार्यक्रम छ । कमजोर स्वास्थ्यका कारण मिश्र घरबाहिर कमै मात्र निस्किन्छन् । स्वास्थ्यको खबर लिन तथा दशैंको शुभकामना दिन ओलीले मिश्रलाई भेट्न लागेको दाहालले बताए ।

तपाईंको प्रतिक्रिया