अमेरिकामा नेपथ्य लाइभ कन्सर्ट र फेशन परेड हुँदै

ल्र्ड फेशन परेडको आयोजनामा अमेरिकाको म्यानहटनमा सेप्टेम्बर २४ अर्थात असोज ८ गते ‘नेपथ्य लाइभ इन कन्सर्ट फर पिस’ हुँदैछ । असोज ९ गते फेशन फर पिसको नाममा म्यानहटनकै ऐतिहासिक गोथाम हलमा फेशन सो पनि गरिदैछ । तीन सो चल्ने यो फेशन सो नेपाली दर्शकका लागि साँझ ५ बजे बजेको समय छुट्याइएको छ ।

nepathy_1_1

अमेरिकी मिडियाको चासो रहने यी दुवै कार्यक्रमको आयोजनामा ‘इन्टरनेशनल ह्युम्यान राइट्स कमिशन’ साझेदार रहेको छ । अनि सहयोग चाहिँ युनेस्को, नेपाल टुरिज्म बोर्ड, गोरखाको बारपाकमा विद्यालय पुनर्निर्माण र ८०० विद्यार्थीलाई पढ्न सघाईरहेको गोर्खाली फाउण्डेशनले गरिरहेका छन् ।

वल्र्ड फेशन परेडको उद्घाटन महात्मा गान्धीका नाती अरुण गान्धीले गर्नेछन् । यो परेड ‘ग्लोबल पिस अवार्ड २०१६’ ले सम्मानित हुने यसका सस्थापक तथा कार्यकारी निर्देशक राजा घिमिरेले बताए । उनका अनुसार, इन्टरनेशनल ह्युमन राइट्स कमिशनले परेडलाई सम्मानित गर्न लागेको हो ।

तपाईंको प्रतिक्रिया