भारतद्धारा नयाँ हतियार परीक्षण

भारतले आज एक नयाँ हतियार परीक्षण गरेको छ । जमिनबाट आकाशमा मार हान्ने सो मिसायल बंगालको खाडीमा परीक्षण गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । लामो दूरीमा प्रहार गर्न सक्ने सो मिसायलको मारक क्षमता भने खुलाइएको छैन । सो मिसाइल भारत र इज्रायलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यसअघि भारतले जुलाई एक र जुन ३० मा मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो ।  आज मिसाइल परीक्षण गर्दा बंगालको बालासुर जिल्लाको एउटा गाउँका करिब चार हजार मानिसलाई गाउँबाट हटाइएको थियो ।

कश्मिर सीमामा पाकिस्तानसँग तनाव बढ्दै गएको बेला भारतले यो नयाँ हतियार परीक्षण गरेको हो ।

तपाईंको प्रतिक्रिया