भारतीय राज्यहरूबीचको जलयुद्ध

बेंगालुरु । टायरहरु छरिएका छन । बालिएका छन् । सडक बन्द छ , क्रूद्ध भीड, पानीका लागि मर्न तयार छन् मानिसहरु । व्यानरहरुमा लेखिएको छ, ‘हामी बरु रगत दिन्छौं तर कावेरी दिन सक्तैनौं ।’ यो दृश्य हो, पहिले बंगलोर भनिने हालको बंगालुरु राज्यको । भारतको दक्षिणी राज्यको सबैभन्दा ठूलो सहर बंगालुरुमा कफ्र्यु लाग्नुअघि मंगलबार एक मानिस मारियो, भवनहरु र बसहरुमा आगो लगाइयो, लुटियो ।

यसअघि सर्वोच्च अदालतले राज्यलाई छिमेकी राज्य तमिलनाडुलाई कावेरी नदीको पानी ठूलो मात्रामा छोड्ने पक्षमा निर्णय गरेपछि कर्णाटक राज्यभरि जुलुस प्रदर्शन भइरहेका थिए । सोमबार बेंगालुरुमा खासगरी तमिलहरु र तिनका व्यापार व्यवसाय तथा तमिलनाडुमा दर्ता गरिएका यातायातका साधनलाई लक्ष्यित गरेर दंगा भड्क्यो । बैंगालुरुमा छुट्टी मनाइरहेका केरलाका एक पत्रकार प्रवेश भन्छन्, ‘सहरमा कर्णाटकको झण्डा बोकेका मानिसहरुले ठूलो प्रदर्शन गरे र सवारी आवागमन ठप्पै भयो । तमिलनाडुबाट आएका कम्तीमा पनि दुईतीनबटा ट्रक जलेको मैले आफ्नै आँखाले देखें ।’
दक्षिण भारतको सबैभन्दा ठूला बस कम्पनीमध्येको एक र तमिलको स्वामीत्वमा रहेको केपिएन ट्राभल्सका चालीसवटा गाडीमा तोडफोड भयो, आगो लगाइयो । नाम भन्न नचाहने त्यस कम्पनीका महाप्रबन्धक भन्छन्, ‘प्र्रदर्शनकारीहरुले बसमा ढुंगामुढा गरे, बसका झ्याल फुटाए ।’

‘कम्पनीका आठजना कमृचारी घाइते भएका छन्, ठूलो नोक्सानी भयो । प्रति वस मूल्य ४० लाख भारु पर्छ, ४० वटा बस क्षतिग्रस्त भए । तमिलहरुका स्वामीत्वमा रहेका थुप्रै वस, ट्रक र परिवहनका अन्य साधनहरुमाथि आक्रमण गरियो । कतिसम्म भने कर्णाटकमै दर्ता गरिएका र यहींको राज्यलाई कर तिर्ने गरेका परिवहनका साधन पनि छोडिएन । यसले हामीलाई निकै ठूलो धक्का पुगेको छ’ उनी भन्छन् ।

दिनभर नै गरिएको यस प्रदर्शनले गर्दा कलेजहरु र अमेजन र उसको स्थानीय प्रतिस्पद्र्धी फ्लिपकार्ट लागायतका प्रविधि केन्द्रहरुलाई पनि धक्का पुग्यो । करीब तीन सय ५० जना जतिलाई गिरफ्तार गरियो ।

यसै महीना सर्वोच्च अदालतले कर्णाटक सरकारलाई पानीको आपुर्ति रोकेकोमा आदेश जारी गर्दै प्रतिदिन १५ हजार क्युसेक (प्रति सेकेण्ड क्युविक फिट) पानी छाड्न भनेको थियो । दुवै राज्यका बीच करीब एक शताब्दीअघि देखि नै कावेरी नदीको पानी बाँडफाँडसम्बन्धी खिचलो रहीआएको छ

कर्णाटक राज्य ४२ वर्षमा सबैभन्दा बढी सुख्खाग्रस्त भएको बताउँछन् मुख्यमन्त्री सिद्धारमैया । अति कम पानी परेकोले राज्यका १ हजार तीन सय जना किसानले गत वर्ष आत्महत्या गरेका थिए र यो संख्या त्यसको अघिल्लो वर्ष तीन सय २१ थियो । तमिलनाडुमा केही हदसम्म अवस्था ठिकै छ । त्यहाँ किसानहरुले सरकारलाई सुख्खाग्रस्त राज्य घोषणा गरी राहत उपलब्ध गराउन शुरु गर्न माग गरिरहेका छन् ।

कावेरी वेसनको पानीको वितरण सम्बन्धी मामला एक ट्रिबुनलले हेर्ने गरेको छ । कावेरी नदी कर्णाटक र तमिलनाडु हुँदै बग्छ र केरला र पुडुचेरीको केही भागमा पनि बग्छ । यसै महीना सर्वोच्च अदालतले कर्णाटक सरकारलाई पानीको आपुर्ति रोकेकोमा आदेश जारी गर्दै प्रतिदिन १५ हजार क्युसेक (प्रति सेकेण्ड क्युविक फिट) पानी छाड्न भनेको थियो ।

दुवै राज्यका बीच करीब एक शताब्दीअघि देखि नै कावेरी नदीको पानी बाँडफाँडसम्बन्धी खिचलो रहीआएको छ र यस विवादले केन्द्रीय सरकार र सर्वोच्च अदालतको नियमित हस्तक्षेप निम्त्याउँदै आएको छ । सन् १९९१ मा पनि यही विवादमा भएको अदालती फैसलापछि तमिलविरोधी दंगा भएको थियो र अधिकारिक तथ्यांकअनुसार त्यतिबेला १८ जनाको ज्यान गएको थियो ।

सोमबारको हिंसा तमिलनाडुको राजधानी चेन्नईमा रहेको एकजना कन्नडको स्वामीत्वमा रहेको होटलमा पेट्रोल बम आक्रमण भएको खबर फैलिएपछि भड्किएको थियो । कन्नाडिगा पक्षका समूहहरुले तमिलहरुलाई हेपेको, वा तमिलहरुले कननाडिगाहरूलाई हेपेको देखाइएका भिडियोहरू सोसल मिडियाले प्रचार गरिरहेका छन् दुबै राज्यतर्फका टेलिभिजनहरुले तिनलाई ठाउँ दिइरहेका छन् ।

सोमबारका दिन राज्यहरुका बीचको सीमाक्षेत्रमा अतिरिक्त प्रहरी बल थपिएको थियो र तमिलनाडुको नम्बर प्लेट भएका मोटरहरुलाई तिनकै सुरक्षाका लागि भनेर कर्णाटक प्रवेशमा रोक लगाइएको थियो ।

बेलाबेलामा, एसियाली मुलुकहरुका बीच हुने जलयुद्धलाई आगामी दशकहरूमा महादेशको प्रमुख सुरक्षा चुनौती रहेकोे भविष्यवाणी गर्ने गरिएको छ । खासगरी बंगलादेश, भूटान, भारत र चीन भएर बग्ने व्रह्मपुत्र नदीको पानीलाई लिएर यसो भन्ने गरिएको हो ।

तर भारतमा जल विवाद आन्तरिक राज्यीय समस्याका रुपमा बढ्दो छ जहाँ प्रतिव्यक्ति जल आपूर्ति १ हजार ४ सय ६९ क्यसविक मिटरमा खुम्चिएको छ । जबकि १ हजार ७ सय क्युविक मिटर स्तरभन्दा तल आपूर्ति रहेको मुलुकलाई ‘वाटर स्ट्रेस्ड’ मान्ने गरिएको छ । भारतीय जल मन्त्रालयका सचिव शशिशेखरले मंगलबार पानीको उपलब्धता संकटको तहभन्दा तल नै रहेको बताएका थिए ।

एसियाली मुलुकहरुका बीच हुने जलयुद्धलाई आगामी दशकहरूमा महादेशको प्रमुख सुरक्षा चुनौती रहेकोे भविष्यवाणी गर्ने गरिएको छ । खासगरी बंगलादेश, भूटान, भारत र चीन भएर बग्ने व्रह्मपुत्र नदीको पानीलाई लिएर यसो भन्ने गरिएको हो ।

फेब्रुअरीमा प्रकाशित एक प्रतिवेदनले प्रत्येक वर्ष कम्तीमा एक महीना एक बिलियन भारतीयले पानीको अभावको सामना गर्नु परेको अनुमान गरेको छ र वर्षदिनभरि नै १८० मिलियन जनसंख्याले समस्या खेपिरहेको भनिन्छ ।
बढ्दो सहरीकरण, जनसंख्या वृद्धि र जलवायु परिवर्तनसंग गाँसिएको अनुमान गर्न नसकिने मौसमको प्रवृत्ति । यी सबैले जल अभावमा भूमिका खेलेका छन् । तर भारतले स्रोतको आपूर्ति र उपयोग गर्ने तरिका बदल्नुपर्छ भन्ने सचिव शशिशेखरको भनाई छ ।

‘भारत विश्वमै पानीको सबैभन्दा कम दक्ष उपयोगकर्तामध्येको एक हो । कृषिजन्य होस् वा औद्योगिक, उत्पादनको प्रत्येक एक इकाई भए पुग्नेमा हामी तीन इकाई प्रयोग गरिरहेका छौं’, उनले भने ।

‘केही राज्यले खेतीबाट व्यावसायिक अवसर लिनका लागि आफ्नो जलबायुमा अनुपयुक्त हुने ढाँचा अपनाइरहेका छन् । उदाहरणका लागि पन्जाब मकै र कर्णाटक कोदो उत्पादन गर्ने राज्य हुन् तर कालान्तरमा उनीहरु धान र उखु खेतीतिर लागे जसले धेरै पानी खपत गर्छन्’ शेखरले बताए ।

शेखरको भनाई छ, ‘पानीको उपलब्धता प्रकृति निर्देशित कुरा हो । तपाईंले तिनै सर्तअनुरुप बाँच्न सिक्नुपर्छ किनभने तपाई बढी पानी उमार्न सक्नुहुन्न । हामीले यस्तै गरिरह्यौं भने बेंगालुरुमा भइरहेको जस्तो घटना जहींतहीं देख्नुपर्नेछ ।’

(एजेन्सीहरुको सहयोगमा)

तपाईंको प्रतिक्रिया