रावाखोला जलविद्युत आयोजना निर्माणको काम अघि बढ्यो

खोटाङ जिल्लाको हौंचुर गाविसमा रहेको रावाखोला जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ ।
दुधकोशी पावर कम्पनीले निर्माण गर्ने रावाखोला जलविद्युत आयोजनाको लागत १ अर्ब २५ करोड रुपैयाँ छ ।

कूल लागतको ७० प्रतिशत अर्थात ८८ करोड रुपैयाँ नेपाल बैंक लिमिटेडको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने र बाँकी ३० प्रतिशत सप्तकौशिका इन्भेष्मेन्ट कम्पनीले जुटाउने कम्पनीका अध्यक्ष मदन रिजालले जानकारी दिए ।

मध्यम बर्गको लगानीलाई ठूला आयोजनामा परिचालन गर्ने उदेश्यले आफुहरुले कम्पनी स्थापना गरेको र जलविद्युत क्षेत्रमा हात हालेको उनको भनाई छ । उनका अनुसार, कम्पनीमार्फत अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्दै लैजाने योजना रहेको छ ।

यसमा लगानी गर्न अरु कम्पनीले पनि चासो देखाएकोले झण्डै आधा दर्जन कम्पनीको लगानी हुने उनले बताए ।
कम्पनीले वातावणीय प्रभाव मुल्याङ्कन गरिसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरीद सम्झौता पनि भइसकेको छ । आयोजनाको छिट्टै उर्जामन्त्रीबाट शिल्यान्यास गर्ने कम्पनीको तयारी छ ।

रन अफ दी रिभरमा आधारित कुल ६.५ मेगावाट क्षमताको आयोजना निर्माणको जिम्मा रामेछाप शेर्पा कन्ट्रक्सन कम्पनीले पाएको छ । निर्माणको अनुगमन सी यान्ड कम्पनीले गर्नेछ ।

तपाईंको प्रतिक्रिया