गायक पोखरेल सम्मानित

क सय पचासभन्दा धेरै गीतमा स्वर दिएका गायक सिताराम पोखरेल सोलुखुम्बुको सल्लेरीमा सम्मानित भएका छन् । स्थानीय फ्रेण्डसिप यूथ क्लबले पोखरेललाई सम्मानपत्रले सम्मान गरेको हो ।

सल्लेरी बजारका स्थानीय ब्यापारीहरुको उल्लेख्य सहभागी कार्यक्रमबीच उनलाई क्लवका अध्यक्ष महेश किराँतीले सम्मान गरेका थिए । लामो समय देखी गायनमा सक्रिय भएकाले कदरस्वरुप गायक पोखरेललाई क्लवले सम्मान गरेको कार्यक्रममा अध्यक्ष किराँतीले बताए ।

तपाईंको प्रतिक्रिया