आर्सनलको रोमाञ्चक जित

इन्जुरी समयमा सान्टी काजोलाले पेनाल्टी मार्फत गरेको गोलका कारण आर्सनल विजयी भएको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले साउथह्यामप्टनलाई २–१ अन्तरले हराउँदै जित हासिल गरेको हो ।

१८ औं मिनेटमा आर्सनलका पेट्र सेचले आत्मघाती गोल गरेपछि साउथह्यामप्टनले सुरुवाति अग्रता लियो । तर २९ औं मिनेटमा लरेन्ट कासिएल्नीले आर्सनलका बराबरी गोल फर्काए ।

अन्तिम समयसम्म १–१ को बराबरी रहेको खेलमा इन्जुरी सयमा पाएको पेनाल्टीको अवसरलाई काजोलाले गोलमा परिणत गरेर आर्सनललाई जित दिलाउँदै महत्वपूर्ण तीन अंक जोडे ।
चार खेलबाट सात अंक जोडेको आर्सनल छैटौं स्थानमा उक्लिएको छ । दुई अंकसहित साउथह्यामप्टन १८ औं स्थानमा छ ।

तपाईंको प्रतिक्रिया