मेनेचेस्टर डर्बीमा सिटी बिजयी

मेनेचेस्टर डर्बी भनिएको यो सिजनकै चर्चित मेनेचेस्टर युनाइटेड र सिटीबीचको खेलमा सिटी बिजयी भएको छ । अहिलेका महङ्गा प्रशिक्षकहरु युनाइटेडका जोसे मौरिन्हो र सिटीका पेप ग्वार्डिओलाको दुवै क्लबका लागि यो पहिलो सिजन भएको र दुई टोलीबीच यो पहिलो खेल भएकाले पनि चर्चित बनेको हो । यो खेल उनीहरुको क्षमता र योग्यता जाँच्ने एउटा कशी हुने मानिएको छ ।

खेलको पहिलो हाफ सिटीको पक्षमा रह्यो र बेल्जियमका १५ मिनेटमा डे ब्रुयने गोल गरे र ३६ मिनेटमा उनकै पासमा के लेहनाचोले गोल गरेपछि सिटी २—० को अवस्थामा पुग्यो । काउण्टर एट्याक खेलिरहेको युनाइटेडका लागि यसै सिजन आएका जाल्टन इब्रामहिचले ४२ मिनेटमा गोल फर्काएपछि युनाइटेड खेलमा फर्किएको देखियो ।

दोश्रो हाफको पहिलो १५ मिनेटमा युनाइटेडले खेल पूरै नियन्त्रणमा लियो । ग्वार्डिओलाको शैली अनुसार सिटीले पासिङ खेल खेल्न नसक्दा युनाइटेडले पटक पटक सिटीको पोष्टमा आक्रमण गर्यो । तर, गोल हुन सकेन । त्यसपछि भने सिटी बिस्तारै खेलमा फर्केको देखियो । अनि दुवैतिरबाट आक्रमण र प्रत्याक्रमण हुन थाले ।

यसरी ९० मिनेटको समय सकिएपछि थप गरिएको पाँच मिनेटमा पनि कसैले थप गोल नगरेपछि सिटी २—१ ले बिजयी भयो । दुईमध्ये कुन प्रशिक्षक अब्बल भन्ने बिबादमा कम्तिमा यो खेलका लागि ग्वार्डिओला नै बिजेता ठहरिए ।

तपाईंको प्रतिक्रिया