के हो ४ जी एलटिई (4G LTE) ?

मोवाइल कम्युनिकेसन प्रविधिको जेनेरेसनलाई G को नाम दिने गरिन्छ । सबैभन्दा पहिलेको मोवाइलमा रेडियो टेलिफोन सिस्टम प्रयोग हुने गर्दथ्यो । यसलाई 0G को नाम दिइयो । त्यसपछि आएको 1G ले पहिलो पटक वायरलेस टेलिफोन प्रविधि प्रयोग गरेको थियो । १९९१  सम्म प्रयोगमा आएको 1G ले एनालग सिग्नलमा आधारित नेटवर्क प्रयोग गर्ने गर्दथ्यो ।

१९९१ मा शुरु भएको जीएसएमलाई 2G अर्थात् सेकेण्ड जेनेरेसनको नाम दिइयो । यसमा एनालग नेटवर्कलाई छोडेर डिजिटल नेटवर्कको प्रयोग हुन थाल्यो । 2G नेटवर्क आएपछि नै मोवाइलमा डाटा सर्भिस प्रयोग हुन थाल्यो जसमा एसएमएस तथा एमएमएस (टेक्स तथा पिक्चर) पठाउन सकिने भयो ।

१९९८ मा आएको 3G नेटवर्क आएपछि मोवाइल डाटाको गति अझै तीव्र भयो । 3G मा CDMA, TD-SCDMA, HSPA+, CDMA2000 स्टान्डर्डको नेटवर्क प्रयोग भएको हुन्छ । मोवाइल इन्टरनेट 2G बाट शुरु भएको भए पनि यो असाध्यै कम गतिको थियो । हाल 3G नेटवर्कमा उच्च गतिको मोवाइल नेटवर्क प्रयोग गर्न सकिन्छ ।

4G नेटवर्क

पछिल्लो जेनेरेसनको नेटवर्कलाई 4G को नाम दिइएको छ । २००८ बाट प्रयोगमा आएको ४ जी मोवाइल नेटवर्कको डाटा स्पिड १०० एमवी प्रतिसेकेण्डदेखि १ जीवी एमवी प्रति सेकेण्डसम्म हुन सक्दछ । यसमा वेब एक्सेस, आईपी टेलिफोनी, एचडी मोवाइल टिविसम्मको सुविधा हुनुपर्दछ । यसमा दुई किसिमको प्रविधि प्रयोग भएको हुन्छ, एलटिई तथा मोवाइल वाइम्याक्स ।

के हो LTE ?
LTE (Long-Term Evolution) डाटा टर्मिनल्स तथा हाईस्पीड वायरलेस कम्युनिकेसनको स्टान्डर्ड हो । 4G लाई LTE को रुपमा प्रचारित गरिए पनि हालै संसारभर प्रचलनमा आएका सबै 4G नेटवर्कहरु LTE स्टान्डर्डका छैनन् । इन्टरनेट प्रोटोकल अथवा आईपीमा आधारित LTE नेटवर्कमार्फत भ्वाइस कल पनि गर्न सकिने भएकोले उपभोक्तालाई अत्यन्त सस्तो पनि हुन्छ । 4G नेटवर्कमा Voice over LTE प्रविधिले गर्दा यो अत्यन्त सस्तो हुन्छ । विकसित मुलुकहरुका मोवाइल नेटवर्कहरु अत्यन्त सस्तो हुने कारण पनि यही हो । तीब्र गतिको नेटवर्कमा आवाजको गुणस्तर पनि राम्रो हुने भएकोले संसारभरिकै मुख्य नेटवर्कहरुले अहिले 4G नेटवर्क प्रयोग गरेका छन् ।

 

तपाईंको प्रतिक्रिया