सुनको मूल्य घट्न थाल्यो

याँ वर्षदेखि बढ्न सुरुगरेको सुनको मूल्य केही दिनयता घटेको छ ।

नयाँ वर्षकै दिन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन लगातार बढ्दै गएर ५७ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यसपछि केही घट्न सुरु गरेको सुनको मुल्य जेठ महिनाभर ५६ हजारकै हाराहारीमा कारोबार भयो । असारको सुरुवातदेखि बढ्दै महिनाको अन्त्यमा अधिकतम प्रतितोला ५९ हजार रुपैयाँसम्म पुग्यो ।

त्यसपछि लगातार बढ्दै गएको सुनको मुल्य साउनको तेस्रो साता हालसम्मकै उच्चतम मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँ पुग्यो । भदौको पहिलो सातासम्म ५९ हजार रुपैयाँबाट तल नझरेकोमा त्यसपछिका दिनमा भने केही घटेर ५८ हजार ५ सय रुपैयाँसम्म पुग्यो ।

नजिकिँदै गरेको चाडपर्वमा सुनजन्य गहनाहरुको बढी माग हुने र चाडपर्व सकिएलगत्तै विवाहको सिजन सुरु हुने भएकोले अब सुनको मूल्य फेरी बढ्दै जाने अनुमान गरिएको छ ।

तपाईंको प्रतिक्रिया