अमेरिकाको सिकागोमा टेकराज पौडेल बिजयी

मेरिकाको सिकागोमा रहेको नेपालीहरुको साझा संस्था सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटिको पाचौ अधिवेशन ( साधारण सभा ) बाट टेकराज पौडेल सभापतिमा निर्वाचित भएका छन् । यसअघिका चार अधिवेशनमा सभापति सर्वसम्मत चयन भएकोमा यो पटक निर्वाचन भएको हो ।

प्रथम र तृतीय उपसभापति र महासचिवमा सर्वसम्मति भएको थियो भने द्वितीय उपसभापति, कोषाध्यक्ष र ९ सदस्यमा पदमा १८ जनाको उम्मेद्वारी परेको थियो । परिणाम अनुसार, प्रथम उपसभापति गणेश थापा, द्वितीय इश्वरी पाठक, तृतीय बिक्रम थापा महासचिव कृष्ण प्रसाद बर्तौला, कोषाध्यक्ष मुकेश चौधरी, सदस्यहरु सृजना चापागाई, सुमन पाठक, तोयानाथ भण्डारी (बिस्वाश), डा . राजेन्द्र पंगेनी, डा. अमित खनाल, मनोज चौधरी, मिन दर्लामी मगर, दक्षिना दाहाल र ओम प्रकाश डुम्रे निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक लालप्रसाद काफ्लेले निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए भने सभापतिका प्रत्यासी चन्नुप्रसाद भट्टराईले नवनिर्वाचित सभापति टेकराज पौडेललाई वधाई तथा नयाँ नेतृत्वलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सन्देश पौडेल, सिकागो

तपाईंको प्रतिक्रिया