रियो ओलम्पिकको आज समापन

ब्राजिलको रियो दी जेनेरियोमा सुरु भएको ३१ औं संस्करणको रियो ओलम्पिक २०१६ आज १८ दिन पछि सम्पन्न भएको छ ।

आज (सोमबार) बिहान रियो दि जेनेरियोमा भएको विशेष समारोहकाबीचे रियो ओलम्पिक कार्यक्रम समापन भएको हो । भारी वर्षाका कारण केही फितलो देखिएको समापन समारोह मकाराना रंगशालामा भएको थियो ।

प्रतियोगितामा ८७ देशका खेलाडीहरुले २८ खेलमा कुल ३०७ स्वर्ण, ३०७ रजत र ३६१ काश्य गरी कुल ९७५ पदक जितेका छन् । २०६ देश र एक शरणार्थी टिमले भाग लिएको यस रियो ओलम्पिकमा ८७ देशले मात्र पदक जितेका छन् । जसमा ५९ देशले स्वर्ण पदक जितेका छन् । रियो ओलम्पिकमा ११९ देशले कुनै पनि पदक जित्न सकेनन् ।
निकै संघर्षकाबीच समापन आयोजना गर्नुपरेको आयोज राष्ट्र ब्राजिलले बताएको छ ।
समापन समारोहमा पनि ओलम्पिक राष्ट्रका खेलाडीहरु सहभागी थिए । समापनमा २०७ राष्ट्रकै प्रतिनिधित्व हुने गरी ब्राजिलको कला संस्कृति र झाँकी समावेश गरिएको थियो ।

तपाईंको प्रतिक्रिया