रियो ओलम्पिकमा निशा रावल चिनियाँ खेलाडीसंग पराजित

Photos: CIB

ब्राजिलको रियोमा जारी ओलम्पिकमा नेपालकी निशा रावल चिनियाँ खेलाडीसंग पराजित भएकी छन् । चिनियाँ  खेलाडी शुयीन झेङसँग २–० अंकले रावल पराजित भएकी हुन ।

महिलातर्फको ६७ केजीभन्दा माथिको तौल समूहमा २० वर्षीया निशा २२ वर्षीया चिनियाँ खेलाडी झिङसँग २–० अङ्कले पराजित भएपछि उनी प्रतियोगिताबाट बाहिरिएकी हुन् । झिङ यो उमेर समूहमा विश्व च्याम्पियनसमेत हुन् ।

योसँगै जारी ओलम्पिक खेलेका नेपालका सबै सात खेलाडी बाहिरिएका छन् । नेपालका लागि अन्तिम खेल आज निशाले खेलेकी थिइन ।
यसैबीच निशा ओलम्पिक खेल्ने दोस्रो महिला तेक्वान्दो खेलाडी भने भएकी छिन् ।
। कुल १६ खेलाडीले भाग लिने प्रतिष्पर्धामा १५ औ वरियताकी निशाले दोस्रो वारियताकी शुयीन झेङसँग प्रतिष्पर्धा गरेकी हुन ।वाइल्ड कार्ड मार्फत रियो ओलमिपकमा छनोट भएकी निशा वर्ल्ड तेक्वान्दो फेडेरेशनको वरीयतामा भने २८९ औं स्थानमा छिन । निशा रियो ओलम्पिकमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने अन्तिम खेलाडी हुन।

तपाईंको प्रतिक्रिया