ब्राजिलले फुटबलमा स्वर्ण पदक जित्यो

ब्राजिलले ओलम्पिकको फुटबलमा पेनाल्टी गोलसँगै स्वर्ण पदक जितेको छ । नेयमारको पेनाल्टी गोलसँगै पाँच पटकको विश्व विजेता ब्राजिलले यो पहिलो पटक स्वर्ण पदक जितेको हो ।
घरेलु टोली ब्राजिलले जर्मनीलाई पेनाल्टीमा ५–४ को अन्तरले जित हासिल गरेको हो । र, दुई वर्ष अघि विश्वकपको सेमिफाइनलमा व्यहोेरेको ७(१ को हारको बदलासमेत लिएको छ ।
नेयमारको विजयी पेनाल्टीसँगै जर्मनीलाई हराउँदै ब्राजिलले रियो ओलम्पिक अन्तरगत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ ।
खेलको निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुट आउटमा जर्मनीका निल्स पिटरसनको प्रहार ब्राजिलका किपरले रोके ।ब्राजिलका लागि कप्तान नेयमारले विजयी गोल गरका थिए ।

तपाईंको प्रतिक्रिया