बार्सिलोना विजयी

निबार राति भएको लिगको आफ्नो पहिलो खेलमा बार्सिलोना विजयी भएको छ । स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसलाई ६–२ गोल अन्तरले हराउदै बार्सिलोना विजयी भएको  हो ।

नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले छैटौं मिनेटमा नै टुरानको गोलबाट अग्रता लिएको थियो । तर, २१ औं मिनेटमा कास्ट्रोले बराबरी गोल गरे ।

३७ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे भने ४२ औं मिनेटमा स्वरेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३–१ को अग्रता लिन सफल भएको थियो ।

दोस्रो हाफको ५६ औं मिनेटमा स्वरेज र ५७ औं मिनेटमा मेस्सीले गोल गरे । ८२ औं मिनेटमा स्वरेजले हृयाट्रिक पुरा गरे ।

त्यसको दुई मिनेटमा नै बेटिसले गोल गरेपछि हार टार्न पर्याप्त भएन र बार्सिलोना ६–२ ले विजयी भएको हो ।

तपाईंको प्रतिक्रिया