इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विजयी

जाल्टन इब्राहिमोभिचको दुई गोलको मदतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साउथहृयाम्पटनमाथि सहज जित हात पारेको छ ।
शुक्रबार राति भएको खेलमा युनाइटेडले साउथहृयाम्पटनमाथि २(०) को अन्तरमा विजयी भएको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा कीर्तिमानी मूल्यमा युनाइटेड फर्किएका पल पोग्बो खेलेका थिए । युनाइटेडका लागि इब्राहिमोभिचले ३६ औं मिनेटमा गोल गरे ।
दोस्रो हाफको ५२ औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाएका हुन ।

तपाईंको प्रतिक्रिया