पेट्रोलियम भण्डारणगृह बनाउन मन्त्री बोहोराको ब्यवसायीलाई आग्रह

पुर्ति मन्त्री दिपक बोहोराले पेट्रोलियम क्षेत्रसँगसम्बद्ध ब्यवसायीहरुलाई मुलुक प्रादेशिक सरंचनामा गईसकेकाले प्रदेशहरुमा पेट्रोलियम भण्डारणगृह बनाउन आग्रह गरेका छन् । आईतवार नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी महासघँले राजधानीमा आफ्ना लागि गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

मुलुकका सात वटै प्रदेशमा पेट्रोलियम भण्डारणगृह बनाउन सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि उनले त्यहाँ बताए । रक्शौल अम्लेखगञ्ज पेट्रोलियम पाईप लाईनको काम तत्काल अघि बढ्ने बताउँदै उनले त्यसमा लाग्न ब्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पेट्रोलियम ढुवानी ब्यवसायी महासँघका अध्यक्ष खगेश्वर बोहोरा र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले सरकार र नेपाल आयल निगमसँग अहिले जसरी नै समन्वय गरेर काम गर्ने बताए ।

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, उद्योग बाणिज्य माहासंघका केन्द्रीय सदस्य चोपलाल श्रेष्ठ लगायत ग्याँस र पेट्रोलियम ब्यवसायी सहभागि रहेको सो कार्यक्रम डिलर्स एसोसियशनका माहासचिव बिश्व अर्यालले सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया