नेपाली ग्याँस बुलेट माग्दै प्रदर्शन

नेपाली नम्बर प्लेट भएको ग्याँस बुलेट नेपाल आयल निगमले किन्नुपर्ने माग गर्दै युवाहरुले हिजो राजधानीमा प्रदर्शन गरेका छन् । नेपाली ग्याँस उद्यमीहरुलाई नेपाली नम्बर प्लेटको ग्याँस बुलेट खरीद गर्न अनुमती दिने केपी ओली सरकारको निर्णय उल्टाउन आपुर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटा सक्रिय भईरहको समाचार आएपछि त्यसबिरुद्ध प्रदर्शन गरिएको एक प्रदर्शनकारीले बताए ।

प्रदर्शनकारीले म स्वाभिमानी नेपाली, मलाई भारतीय होइन नेपाली नम्बर प्लेटको ग्याँस बुलेट चाहिन्छ, आपुर्ति सचिव श्रीधर सापकोटा तिमी स्वाभिमानी नेपाली हौ भने नेपाली नम्बर प्लेटको ग्याँस बुलेट खरीदमा अवरोध नगर, लगायत लेखिएको प्लेकार्ड बोकेका थिए । थारु फ्रेण्डशीप क्लवले आयोजना गरेको उक्त प्रदर्शनीमा राजधानीमा बसेर अध्ययन गरिरहेका थारु युवाहरुको बाक्लो उपस्थिती थियो । ग्याँस ढुवानीमा मात्रै बार्षिक ३ अर्ब रुपैयाँ भारतिय ट्रान्सपोर्टरहरुलाई भुक्तानी गरिरहेको नेपाल आयल निगमले जनाएको छ ।

तपाईंको प्रतिक्रिया