खर्पन्

म यही खर्पन्मा हालेर हरदिन बेलुका
बितेको थोत्रो मैलो दिनलाई बिदा गर्छु
म यही खर्पन् थापेर हरदिन बिहानै
आउँने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु

हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन् आएको छ
अथवा,
यही खर्पन्बाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आईपुगेको छ
अनि, वर्तमानमा मैले यो खर्पन् बोकेको छु
र, यो खर्पन्ले मलाई बोकेको छ र मेरो परिवारलाई

यो खर्पन् मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
तर, खर्पन् बाटो पनि हो, जसमा हरदिन जिन्दगी गुज्रिन्छ
यो मेरो बिहान हो, मेरो दिन हो, बेलुका पनि हो
मेरो बाल्यकाल हो खर्पन्, जवानी हो र बुढ्यौली पनि हो

मेरो जिवनको दियो जलाउने बत्ती हो, खर्पन्
मेरो जिवनको सबभन्दा लामो साथी हो खर्पन्
मान्छेहरुसँगको मेरो ‘जी हजुर’ ‘तँ, तँ, मँ, मँ’ सबै सम्बन्धहरु हो खर्पन्
मेरो घर, मेरो यार,मेरो बजार—मेरो हाट जे भने पनि हुन्छ खर्पन्

केपी ओली पोखरा जेलमा रहँदा २०४१ सालमा लेखेको कविता, श्रोतः ओलीका प्रेस सल्लाहाकार प्रमोद दाहालको फेसबुक पेजबाट ।

SHARE
mm
नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले मुलुकका प्रधानमन्त्री छन् ।

तपाईंको प्रतिक्रिया