चीनसँगका सम्झौता कार्यान्वयन हुन स्थायित्व आवश्यक पर्छ

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला भएका संझौताहरु नेपालका लागि निकै फलदायी छन् । ती सम्झौताले नेपाललाई आत्मनिर्भरतातर्फ लैजाने छन् । भुपरिवेष्ठित राष्ट्रले पाउने बन्दरगाहको सुविधा चीनबाट पाउँदा हाम्रो पुरानो सोच, मान्यता र भुपरिवेष्ठित मुलुकको परिभाषा नै फेरिन पुगेको छ । विगतमा चाहिँ हामीले भारतसँग मात्रै व्यापारिक सन्धी सम्झौता गर्यौं । चीनसँग सम्झौता गर्ने चेष्टासमेत गरिएन ।


निजी क्षेत्रलाई चाँही सरकारलाई अप्ठेरो पर्दा वा सरकार प्रमुख बिदेश भ्रमणमा मात्र सम्झिने गरिएको छ । निजी क्षेत्रसँग सिुझाव लिन कन्जुस्याँई गरिन्छ, लिए पनि कार्यान्वयन गरिदैन । यो तरिकाले मुलुकलाई आत्मनिर्भर बनाउँदैन । आयात गर्न मात्र केन्द्रित भएर मुलुक कसरी आत्मानिर्भर हुन्छ ?

तर, भारतले नाकाबन्दी गरेको बेला ओली सरकारले नयाँ बाटो कोरिदियो । अब नेपालले एउटै राष्ट्रसँग व्यापारिक निर्भर रहनु परेन, अर्काे बाटो फेला पार्यो ।

चीनसँग पारवहन सम्झौता भयो, कनेक्टिभिटि बढाउने कुरा भए, स्वतन्त्र व्यापार, जलश्रोतमा लगानी, इन्धन आयात लगायत थुप्रै सम्झौता भए ।

अब हामीले चीनको बन्दरगाहबाट तेश्रो मुलुकको सामान पनि आयात गर्न पाउनेछौं, भलै यसको अभ्यास गर्न बाँकि छ । हामीले चीनको कुन बन्दरगाहा प्रयोग गर्ने भन्ने चीनले स्पष्ट पार्न बाँकि छ भने राजमार्ग पनि निर्माण भएको छैन ।

विगतका सरकारले यस्तो हिम्मत गरेका थिएनन् । सरकारको झुकाव सधै दक्षिणतर्फ हुने गथ्र्याे । तर, अब चीनसँगको सम्झौताबाट उपलब्धी हासिल गर्न हामीले दक्षिणलाई पनि जोड्न सक्नुपर्छ । त्यसका लागि हामीले सन्तुलित परराष्ट्र नीति अपनाउनु पर्छ । अनि, सम्झौताको कार्यान्वयनमा बेवास्ता पनि गर्नु हुदैन । किनभने, त्यसो गरेर उपलब्धी हासिल हुन सक्दैन ।

नेपालले छिटो आर्थिक उपलब्धी हासिल गर्न उत्तर र दक्षिणबाट सिक्न आवश्यक छ । सानो भुगोल भए पनि हामीले सोच ब्यापक बनाउनु सक्नुपर्छ । तर, स्वाधिनतामा सम्झौता गरेर आर्थिक विकास हुन सक्दैन भन्ने पनि हामीले बुझ्नुपर्छ । त्यसो गरियो भने जनताको जिवनस्तर नै उकासिदैन । मुलुकलाई आत्मनिर्भर बनाउने बाटो नै अहिलेका लागि सही बाटो हो । तर, कतिपय उद्योगी व्यवसायी मुनाफामा मात्र केन्द्रित देखिन्छन् ।

विगतमा धेरै उद्योग व्यवसाय दक्षिणी सहकार्यमा स्थापना भए । त्यही कारण, नेपाललाई आवश्यक कच्चा पदार्थ भारतले रोक्नासाथ आपत पथ्र्याे । कतिपय बेला भारतको केन्द्र सरकार सकारात्मक हुँदा पनि राज्य सरकारहरुले बन्देज लगाइदिन्थे । अहिले पनि अवस्था फेरिएको छैन ।

SURENDRA_story


चीनसँग हाम्रो सम्बन्ध पुरानो भएपनि राजनीति र कमजोर परराष्ट्रनीतिका कारण निरन्तरता पाउन सकेन । कतिसम्म भने, चीनले सहयोग गर्न खोज्दा पनि हामीले लिन सकेनौं । जबकि, एउटैको छत्रछाँयामा रहँनुभन्दा सम्बन्धलाई फराकिलो पार्दा हामीलाई फाइदा हुने थियो ।

चीनसँग सम्झौता भएपछि अब यो अवस्था फेरिनेछ । जसले, नेपालको विकासमा टेवा पु¥याउनेछ ।

तर, सम्झौता कार्यान्वय गर्न स्थायी सरकार आवश्यक पर्छ । अझ, स्थायी सरकार मानिने कर्मचारीतन्त्रको यसमा ठूलो भूमिका रहन्छ ।कर्मचारीतन्त्रले सही बाटो हिड्न नसक्दा बिदेशसँगको सम्बन्धमा असन्तुलन आएको पनि देखिएको छ । जबकि, मुलुक बलियो हुन परराष्ट्र नीतिमा स्थायित्व आवश्यक पर्छ । भारतको परराष्ट्रनीतिमा पनि स्थायित्व
देखिन्छ । हाम्रो चाहिँ निकै कमजोर छ ।

चीनसँग हाम्रो सम्बन्ध पुरानो भएपनि राजनीति र कमजोर परराष्ट्रनीतिका कारण निरन्तरता पाउन सकेन । कतिसम्म भने, चीनले सहयोग गर्न खोज्दा पनि हामीले लिन सकेनौं । जबकि, एउटैको छत्रछाँयामा रहँनुभन्दा सम्बन्धलाई फराकिलो पार्दा हामीलाई फाइदा हुने थियो ।

निजी क्षेत्रलाई चाँही सरकारलाई अप्ठेरो पर्दा वा सरकार प्रमुख बिदेश भ्रमणमा मात्र सम्झिने गरिएको छ । निजी क्षेत्रसँग सिुझाव लिन कन्जुस्याँई गरिन्छ, लिए पनि कार्यान्वयन गरिदैन । यो तरिकाले मुलुकलाई आत्मनिर्भर बनाउँदैन । आयात गर्न मात्र केन्द्रित भएर मुलुक कसरी आत्मानिर्भर हुन्छ ?

मुलुकले नयाँ संविधान पाइसकेको अवस्थामा अब हामी तीव्र आर्थिक विकासतर्फ लाग्नु पर्ने हो । तर, त्यसका लागि स्थायित्व आवश्यक पर्छ । दुई ठूला अर्थतन्त्र रहेका छिमेकीबीच रहेको नेपालले दुबैबाट लाभ लिनसक्ने प्रसस्त आधार छन् । तर, राजनीतिक स्वार्थ र दाउपेच बन्द हुनु आवश्यक छ ।

हाम्रो चाहना र उदेश्य हुनुपर्छ— ठूलो लगानी भित्रियोस्, ठूला–ठूला परियोजना निर्माण होउन् , कृषि, पर्यटन क्षेत्रको विस्तार र विकास होस् ।

चीनले नेपाललाई गन्तव्य राष्ट्र बनाइसकेको सन्दर्भमा अब नेपालले पर्यटनबाट पनि फाइदा लिन सक्नुपर्छ । संसारमै अहिले चिनियाँ पर्यटक धेरै खर्च गर्नेमा पर्छन् । चिनियाँ धार्मिक पर्यटक भित्र्याउने सम्भावना पनि प्रसस्त छ ।

मुख्य कुरा, हाम्रो मुलुकलाई कसरी अघि बढाउने भन्ने राज्यले स्पष्ट गाइडलाइन बनाउन सक्नुपर्छ । त्यसो नहुँदासम्म मुलुक अघि बढ्न सक्दैन ।

—कुराकानीमा आधारित

SHARE
mm
नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्र मालाकार राष्ट्रिय व्यवसायीक पहलका महासचिव छन ।

तपाईंको प्रतिक्रिया