पोखरेलको सम्मान—२ को गीत रिलिज

गायक सीताराम पोखरेलको पछिल्लो गीती अल्बम सम्मान २ मा रहेको आँखाभरी रङ्गिन बोलको गीतको म्युजिक भिडियो आजबाट टेलिभिजनहरुमा रिलिज गरिएको छ ।

गायक पोखरेलले मल्लकालिन भारदारको अभियनय गरेको उक्त म्युजिक भिडियोको गीत छायाँङ्कनदेखि नै चर्चामा थियो । पोखरेलसँगै उक्त म्युजिक भिडियोमा सुप्रिया कटुवाल र सूर्य चन्दले पनि अभिनय गरेका छन् भने निर्देशन सनम अधिकारीले गरेका हुन् ।

गीतकार दीपक कौडिन्यले लेखेको उक्त गीतमा किरण कँडेलले संगीत भरेका छन् । २०४४ सालबाट गायन सुरु गरेका पोखरेलले १ सय ५० भन्दा बढि गीत गाईसकेका छन् भने ६ वटा गीती अल्वम बजारमा ल्याईसकेका छन् ।

उनका आज पनि तिम्रो हेर्दा हेर्दै रात बित्यो, आखाँको नानी हौ तिमी , तिमी आउ मेरो नजिक , सुस्तरी सुस्तरी बोलका गितहरु चर्चित छन् ।

तपाईंको प्रतिक्रिया