पुराना राजनीतिक खेलाडी बिष्णुबहादुर मानन्धर अहिले क्रिकेटका फ्यान

विष्णु बहादुर मानन्धर । तस्वीर: नवराज श्रेष्ठ
पुराना कम्युनिष्ट नेता बिष्णुबहादुर मानन्धर सुरुमा कांग्रेस थिए । २००७ सालमा उनले भारतको बनारसमा कांग्रेसको सदस्यता लिएका थिए । कांग्रेसमा रहँदा उनले भारतमै राईफल, माउजर र बन्दुक चलाउने तालिम लिएका थिए । कांग्रेस सरकारमा गएपछि बिपी कोइराला गृहमन्त्री बने ।

कांग्रेस नेता सूर्यप्रसाद उपाध्यायले पटनाबाट उनलाई एउटा चिठी बिपीलाई दिन पठाएकोमा बीरगंजमा रहेका बिपीले ६ घण्टा कुराएपछि कांग्रेसबाट निराश भएर उनले राजीनामा दिए । त्यसको केही समय मौन बसेर उनी २००९ को किसान आन्दोलनबाट प्रभावित बनेपछि २०१० मा केदार उपाध्यायको हातबाट कम्युनिष्ट पार्टीको सदस्यता लिए ।

विष्णु बहादुर मानन्धर । तस्वीर: नवराज श्रेष्ठ
विष्णु बहादुर मानन्धर । तस्वीर: नवराज श्रेष्ठ
अहिले बेलायत र श्रीलंकाबीच चलिरहेको टेष्ट म्याच उनी हेरिरहेका छन् । क्रिकेटमा उनी भारतीय टोलीलाई मन पराउँछन् । कप्तान बिराट कोहली उनलाई अहिले मन पर्ने खेलाडी हुन् । हैदरावादका रामचन्द्रन पनि उनलाई मन पर्छ । फाष्ट बलिङमा इण्डिया कमजोर रहेको तथा स्पिनमा भने राम्रो रहेको उनको मूल्याङ्कन छ ।

उनी २९ बर्ष नेपाल कम्युनिष्ट पाटी ( संयुक्त ) को महासचिब रहे । अहिले उनी ८६ वर्ष पुगे ।

काठमाडौं मैतिदेवीस्थित निवासमा अहिले उनको दिन बित्ने गर्छ । थाइराइड , जलविन्दु , ब्लडप्रेसर, कब्जियत, कान र हड्डीको समस्याले ग्रस्त छन्, उनी । तर, हरेक बिहान ३० देखी ४० मिनेट घरको छतमा ब्यायाम गर्छन्, उनी ।

बिहान ५ बजे उठ्नासाथ २ ग्लास तातो पानी पिउछन् । खाली पेटमा खानु पर्ने औषधी त्यसै बेला लिन्छन् । त्यसपछि नित्यकर्म गर्छन् । हप्तामा तीन पटक नुहाउँछन् । उनको नुहाउने साबुन लाइफब्वाई हो भने दाँत माझ्ने मञ्जन, रामदेवको दन्तक्रान्ति ।

नित्यकर्म सकेपछि एफ एम रेडियोका समाचार सुन्दै कालो चिया पिउँछन् । त्यसबेलासम्म दैनिक पत्रिकाहरु कान्तिपुर, अन्नपूर्ण पोष्ट र दी हिमालयन टाइम्स आइसक्छन् । साप्तहिकमा उनी हिमाल खवर पत्रिका नियमित पढ्छन् ।
उनले भर्खरै पत्रकार जगत नेपालको बिपी र महेन्द्रको टकराव सम्बन्धी र अरबिन्द रिमालको नेपाल थर्काउने ती १९ दिन पुस्तक पढेर सकेका छन् ।

पत्रिका पढ्दै गर्दा बुहारी राधा भट्राई मानन्धरले खाजा तयार पारिसक्छिन् । ७.३० बजे उनको बिहानको खाजा खाने समय हो । खाजामा सँधै गहुँको सुख्खा रोटी, हरियो तरकारी र एक कप चिया हुन्छ ।

१० देखी ११ बजेसम्म उनी बिहानको खाना खाईसक्छन् । बिहानको खानामा दाल, भात, तरकारी हुन्छ । रोगले च्यापेपछि उनी शाहाकारी बनेका छन् ।

खाना खाएर आराम गरेर उठेपछि दिउँसो सवा २ बजे मौसमी फल खान्छन् ।

बेलुकीको खाना सधै ८ बजेसम्म खाईसक्छन् । त्यसमा सुख्खा रोटी, तरकारी र दाल हुन्छ । खाना र खाजा खाँदा बीचमा उनी कहिल्यै पानी खाँदैनन् । दुई घण्टा अघिपछि मात्र पानी खानु स्वास्थ्यका लागि राम्रो हुने उनी बताउँछन् । दिनभरीमा उनी झण्डै दुई लिटर पानी पिउछन् ।

पुराना राजनीतिक खेलाडी उनी क्रिकेटका फ्यान हुन् । अहिले पनि क्रिकेटका सबै खेल टेलिभिजनमा हेर्न भ्याउछन्, उनी । बेडरुममा एलजीको २२ इञ्चको टिभी छ ।

विष्णु बहादुर मानन्धर । तस्वीर: नवराज श्रेष्ठ
विष्णु बहादुर मानन्धर । तस्वीर: नवराज श्रेष्ठ

अहिले बेलायत र श्रीलंकाबीच चलिरहेको टेष्ट म्याच उनी हेरिरहेका छन् । क्रिकेटमा उनी भारतीय टोलीलाई मन पराउँछन् । कप्तान बिराट कोहली उनलाई अहिले मन पर्ने खेलाडी हुन् । हैदरावादका रामचन्द्रन पनि उनलाई मन पर्छ । फाष्ट बलिङमा इण्डिया कमजोर रहेको तथा स्पिनमा भने राम्रो रहेको उनको मूल्याङ्कन छ ।

गीत, संगीत र सिनेमाप्रति खासै रुची नरहेको उनको भनाई छ । युवा अवस्थामा भने उनी सुनिल दत्त, राजकपुर, दिलिपकुमारका सिनेमा हेर्न मन पराउँथे । हलमा उनले सिनेमा नहेरेको बिस बर्ष भइसकेको छ ।

SHARE
mm
एक दशकदेखि पत्रकारितामा संलग्न रहेका सन्तोष बराइली हिमाल खबरपत्रिका सहित विभिन्न पत्रपत्रिकासँग संलग्न थिए ।

तपाईंको प्रतिक्रिया